
एजेन्सी । हलिउड फिल्म डाक्टर स्ट्रेन्ज इन द मल्टीभर्स अफ म्याडनेसले रिलिज भएको ५ दिनमा विश्वभर ५० करोड डलर कमाएको छ ।
फिल्म रिलिज भएदेखि नै निकै राम्रो कमाइ गरेको र फिल्म हेर्ने दर्शकहरूने पनि फिल्म निकै राम्रो भएको बताएका छन् । फिल्मले ५ दिनमा विश्वभरको कमाइको रेकर्ड तोडेको छ । निर्देशक साम रायमिको यो फिल्ममा मार्भलका सुपरहिरो डाक्टर स्ट्रेन्जको कथा देखाइएको छ । वेब सिरिज वान्डा भिजन र फिल्म स्पाइडर म्यान नो वे होममा मल्टिभर्स खुलेपछि डाक्टर स्ट्रेन्जको फिल्ममा ठूलो समस्याको सामाधान गरिरहेको देखिन्छ ।
फिल्ममा एलिजाबेथ ओल्सेन, बेनेडिक्ट भोंग, राहेल म्याक आडम्स बेनेडिक्ट कम्बरब्याच जस्ता कलाकारहरूले काम गरेका छन् । फिल्ममा अभिनेता प्याट्रिक स्टुअर्टले एक्स मेनका प्रोफेसर चाल्र्स जेभियरको भुमिकामा पनि अभिनय गरेका छन् । फिल्मले धेरै मिश्रित समीक्षा पाएको छ ।
बेनेडिक्ट कम्बरब्याचको कामको प्रसंशा भएपनि डाक्टर स्ट्रेन्जको थोरै स्क्रिनटाइमलाई दर्शकहरूले खासै मन नपराएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फिल्ममा वान्डालाई बढी देखाइएको छ र प्रसंशकहरू यसबारे गुनासो गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्