१८ फाल्गुन २०८१, आइतबार | Mon Mar 3 2025


आयोगको आकस्मिक पत्रकार सम्मेलन : प्रलोभन र डरमा नपरी मताधिकार प्रयोग गर्न आग्रह


156
Shares

काठमाडौं । निर्वाचन आयोगले कसैको लोभ, लालच, प्रलोभन, डर र धम्कीमा नपरी मताधिकारको प्रयोग गर्न मतदातालाई आग्रह गरेको छ ।

बिहीबार आयोगले गरेको आकस्मिक पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदातालाई आग्रह गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभनमा नपरी, सही तरिकाबाट निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सफल बनाइदिन सम्पूर्ण मतदाताहरूलाई आग्रह गर्नुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन सकिएर मतपेटिका सुरक्षित हिसाबले मतगणना स्थलमा पुगे लगत्तै गणना सुरु गरिने पनि जानकारी दिनुभयो ।