१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दोलखाकाे बैत्यश्वरमा गोली चल्यो


17.017k
Shares

काठमाडौं । स्थानीय तहका ७ सय ५३ वटै स्थानमा आज (शुक्रबार) बिहान ७ बजेदेखि मतदान सुरु भएकाे छ ।

तर दोलखाको बैत्यश्वरमा मतदानको क्रममा दुई पक्षबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको हाे। दुई पक्षबीच झडसँगै बुथ कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको छ ।

मतदाता आउने बाटो नै अवरोध गरेका कांग्रेस, एमाले कार्यकर्ताले मतदान केन्द्रमा समेत ढुंगामुडा गरेका छन्। स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो ।

यद्यपि कुनै मानवीय क्षति भने भएको छैन । मतदानका क्रममा झडप भएपछि हवाइ फायर समेत गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएकाे छ । झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरेपछि अहिले पुनः मतदान सुरु भइसकेको छ।

सुरक्षा चुनौती मध्यनजर गर्दै बैत्यश्वरमा थप प्रहरी परिचाल गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले बताएकाे छ ।