
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले आर्सनललाई ३–० ले हराएको छ ।
बिहीबार राति टोटनह्यामको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा ह्युङ–मिन सनले एक गोल थपे ।
खेलको २२ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर बनाए । त्यसपछि ४७ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३(० को जित दिलाए ।
खेलको ३३ औं मिनेटमा आर्सनलका डिफेन्डर रब होल्डीङ रातो कार्ड खाँदै बाहिरिएपछि भ्रमणकारी टोली १० जनामा समेटिएको थियो ।
टोटनह्यामको यो जितले प्रिमियर लिगमा शिर्ष चारको भिडन्त रोचक बनेको छ ।
जारी सिजनमा दुई खेल बाँकी छँदा ८९ अंकसतिह म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ भने ८६ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । ७० अंकसहित तेस्रो स्थानमा रहेको चेल्सी, ६६ अंकसहित चौथो स्थानमा रहेको आर्सनल तथा ६५ अंकसहित पाँचौ स्थानमा रहेको टोटनह्यामबिच शिर्ष चारको प्रतिस्पर्धा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्