
काठमाडौं । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र पौडेललाई गीतानगरका स्थानीयले नियन्त्रणमा लिएका छन् ।
सुकुम्वासी बस्तीमा पैसा बाँडेकाे आराेप खनाल र पौडेललाई आज (शुक्रबार) बिहान स्थानीयले नियन्त्रणमा लिएका थिए । भरतपुर–१३ रामजानकी टोलका बासीन्दाले उनीहरुलाई नियन्त्रणमा लिएका हुन् ।
उनीहरुसँगै गाडीमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्रका स्वकीय सचिव निशा न्यौपाने रहनुभएकाे छ। शुक्रबार बा १६ च ७५४४ नम्बरको स्कारर्पियो जीपसहित उनीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।
स्थानीयले ३ घण्टा नियन्त्रणमा राखेपछि प्रहरीले उनीहरुलाई उद्धार गरेर भरतपुर ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्