२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमालेका महासचिव पोखरेलले गरे मतदान


156
Shares

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङबाट मतदान गर्नुभएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका-१९ को जनता विद्यापीठ विजौरी, केन्द्र (ख) बाट उहाँले मतदान गर्नुभएको हो। एमालेका महासचिव पोखरेलले मतदान गर्नुभएको वडामा मतदाता संख्या ४ हजार ८ सय ४० रहेको छ। सो वडामा यसअघि नेकपा एमालेको वडा अध्यक्षसहित पूरैटिम विजयी भएको थियो।

तुलसीपुर उपमहानगरपालिकामा अहिले मेयरमा एमालेका तर्फबाट टिकाराम खड्का र गठबन्धनका तर्फबाट काँग्रेसका गेहेन्द्र गिरी उम्मेदवार रहेका छन्।