१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मतदानका क्रममा यी स्थानमा भए झडप


481
Shares

काठमाडौं । मतदानका क्रममा देशका विभिन्न स्थानमा झडप भएको छ । झडपमा परी केही निर्वाचन कर्मचारीहरू समेत घाइते भएका छन् भने केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिकाका तीन मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।

झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । बुढीगंगा नगरपालिका–९ मा २ राउण्ड, सोही नगरपालिकाको वडा न १० सिगाडामा मा.वि. मतदान केन्द्र र वडा नम्बर ५ को मतदान केन्द्रमा हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

एमाले र कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको हो ।

यस्तै, बाजुराकै बुढीनन्दा नगरपालिका–९ गाउँपानीको हिमाली आधारभूत विद्यालयमा पनि हवाई फायर भएको छ ।

यता, पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–२ को पेल्मामा अझै मतदान सुरु हुन सकेको छैन ।

बाराको देवताल गाउँपालिकामा झडपपछि रोकिएको मतदान पुनः सुरु भएको छ । त्यस्तै, सर्लाहीको कौडेना गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच पटक–पटक झडप भएपछि दोस्रो पटक पुनः मतदान सुचारु भएको छ ।

कौडेना गाउँपालिका–६, श्री जनता आधारभूत मतदान स्थल नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएपछि पुनः मतदान सुरु भएको हो । बिहानदेखि पटक–पटक झडप भएपछि घटनास्थल नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । मतदान स्थलमा तत्काल आईपुगेको सेनाको टोलीले फायर नगरेपनि हतियार तेस्याएपछि स्थिती नियन्त्रणमा आएको थियो ।

उता, बझाङको जयपृथ्वी गाउँपालिका वडा नम्बर ७, सुनीपिपल चौर मावि मतदान केन्द्रमा पनि झडप भएको छ । सो स्थानमा मतपत्र पनि च्यातिएको खबर छ ।