२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौं उपत्यकामा मतदान शान्तिपूर्ण


182
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत देशभर मतदान जारी रहेको छ ।

विभिन्न जिल्लामा विवादका कारण झडपका साथै मतदान स्थगित हुने अवस्था भएपनि काठमाडौं उपत्यकामा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौंका ३२०, ललितपुरका २८८ र भक्तपुरका २१९ मतदान स्थलमा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

मतदानका लागि पुरुष, महिला, युवा तथा अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकलाई मतदानका लागि विशेष व्यवस्था गरिएको छ ।