
फाइल तस्विर
रौतहट । रौतहटमा नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपाल लाई दुर्व्यबहार भएको छ ।
मतदान केन्द्र घुम्ने क्रममा वडा नंम्बर ५ स्थित गौरी शंकर यादव क्याम्पस मतदान केन्द्र भित्र छिर्न खोज्दा स्थानीयहरुले अबरोध गरी नाराबाजी गरेका हुन् । अबरोध पछि अध्यध्य नेपाल मतदान केन्द्रमा प्रबेशनै नगरी फर्कनु भएको छ ।
यसअघि उहाँले रौतहटको गौर नगरपालिका-२ मा रहेको रामजानकी कन्या मन्दिरको मतदान केन्द्रमा मतदान गर्नुभएको थियो ।
यस्तै, रौतहटको गडीमाई नगरपालिकाको वडा नम्बर ३ र ६ मा झडप भएको छ । फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर बैरगनिया बुथमा मतदानको क्रममा पनि विवाद भएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाइ फायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्