
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४३७ जनाको नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, शुक्रबार १६ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १६४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्