३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


काठमाडौंसहित सबै महानगरपालिकाको मत गणना केहिबेरमा सुरु हुँदै

केही महानगरमा भने सर्वदलीय बैठक जारी

507
Shares

काठमाडौं । सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा केहीबेरपछि मतगणना सुरु हुँदैछ ।

काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा अहिले ८ बजेदेखि मतगणना सुरु गरिने भएकाे हाे । मतगणनाका लागि शुक्रबार राती सर्वदलीय बैठकले सहमति जुटाएको थियो । चितवनको भरतपुर महानगरपालिकामा पनि आज (शनिबार) बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको पोखरा महानगरपालिकामा पनि शनिबार बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । त्यस्तै, ललितपुर महानगरपालिकामा केहीबेरमा बस्ने सर्वदलीय बैठकले मतगणगना प्रारम्भ गर्ने बताइएको छ ।

उता वीरगन्ज र विराटनगर महानगरपालिकामा पनि शनिबार बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने दलहरुले बताएका छन् ।