२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जुम्लाको गज्यांकोटमा जेठ १ गते मतदान हुने


169
Shares

काठमाडौं । जुम्लाकाे गुठिचौर गाउँपालिका-३ गज्यांकोटको शंकर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा जेठ १ गते पुन: मतदान हुनेभएको छ ।

शुक्रबार भइरहेको मतदानस्थलम ढुंगामुढा भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो ।

मतदान स्थलमा करिब ३ सय २० मत खसेपछि ढुंगामुडा, हुलदंगासहित मतपत्र च्यातिएपछि मतदान अर्को सूचना नहुदासम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो ।