१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने


143
Shares

काठमाडौं । ललितपुर महानगरपालिकामा आज (शनिबार) बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ ।

जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ७ बजेदेखि करिब दुई घण्टा बैठक बसेको हाे । साे बैठकले ११ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । साथै महालक्ष्मी नगरपालिकामा पनि बिहान ११ बजेदेखि मतगणना सुरु हुने सर्वदलीय बैठकले निर्णय गरेकाे हाे ।

१ लाख २२ हजार ८ सय ९० मतदाता रहेको ललितपुर महानगरपालिकामा शुक्रबार ८६ हजार ५ सय ४० मत खसेको छ । ललितपुर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका चिरीबाबु महर्जन र एमालेबाट हरिकृष्ण ब्यञ्जनकारबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

२०७४ सालको चुनावमा पनि महर्जन र ब्यञ्जनकारबीच नै प्रतिस्पर्धा भएको थियो । अन्तिम परिणाम आउँदा महर्जन ३ सय २६ मतले विजयी हुनुभएकाे थियाे ।