१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुर महानगरपालिकामा केहिबेरमा मतगणना सुरु हुने


130
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा केहिबेरमा मतगणना सुरु हुने भएकाे छ ।

तोकिएको समय भन्दा झण्डै २ घण्टा ढिलागरि मतगणना सुरु गर्न लागिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट मतगणना गर्ने भनेर सूचना निकालेको थियो । तर, मत गणनामा भने ढिलाई भएको छ ।

निर्वाचन आयोगले मतगणना गर्ने कर्मचारी तथा दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापनमा ढिलाई गर्दा मतगणनामा दुई घण्टा बढी ढिला भैसकेको छ । चितवनको वडा नं १ बाट मतगणना सुरु गर्ने तयारी भएकाे छ । अहिले एउटा मात्रै वडाको मत गनेर जाने सहमति छ ।

पछि बढाएर विभिन्न ठाउँबाट गणना गर्ने तयारी गरिएकाे छ ।