१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


झापामा एमालेको अग्रता


4.68k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमालेले अग्रता लिएको छ।

मतगणना दमक–१ बाट सुरु भएको छ । हालैको नतिजा अनुसार एमालेका उम्मेदवार गीता अधिकारीले १ सय ३९ मतसहित अग्रता लिनुभएको छ । गठबन्धनका उम्मेद्वार राम थापाले १ सय २० मत पाउनुभएको छ । उपमेयरमा भने गठबन्धनको अग्रता रहेकाे छ ।

गठबन्धनकी रेगिना भट्टराईले १ सय ३२ मत ल्याउँदा एमाले उम्मेद्वार अम्बिका खनालले १ सय १० मत पाएका छन् । वडाध्यक्षमा एमालेकै हरी नेउपानेले १ सय ४१ मत सहित अग्रस्थान लिएका छन् ।