७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी


624
Shares

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिङजीन नामगेल गुरुङ विजयी हुनु भएको छ ।

८७६ मतसहित उहाँ निर्वाचित हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङ्जेन गुरुङले ५७७ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, उपाध्यक्षमा पनि नेकपा एमालेकै ढिकि गुरुङ ७४९ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाँले नेपाली कांग्रेसकी धेच आङमो गुरुङलाई पछि पार्दै विजयी हुनु भएको हो । आङमोले ६ सय ७७ मत प्राप्त गर्नु भएको छ ।