
काठमाडौं । बर्दियाका विभिन्न गाउँ र नगरपालिकामा शुक्रबार सम्पन्न स्थानीय तहको मतदानको मतगणना जारी छ ।
मतगणना जारी रहेका स्थानीय तह मध्ये ५ वटामा नेपाली कांग्रेस,२ वटामा नेकपा एमाले र एउटामा नेकपा माओवादीले अग्रता लिएका छनु । गुलरिया नगरपालिका, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका र मधुवन नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
त्यसैगरी बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा नेकपा एमालेको अग्रता छ भने ठाकुरबाबा नगरपालिकामा नेकपा माओवादीले अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्