
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अनुसार नेकपा एमाले ६ वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस ३ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी २ वटा पालिकामा र नेकपा माओबादी केन्द्र १ पालिकामा विजयी भएको छ ।
हेर्नुहोस् हालसम्म विजयी बनेकाको सूची :
नेकपा एमालेले जितेका गाउँ पालिका अध्यक्ष
१.लोकन्द्र बहादुर घले – चामे गाउँपालिका, मनाङ
२.छोम्पेल बिष्ट – लोघेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ
३.धावासम्डुक गुरुङ (निर्विरोध) – से–फोकसुण्डो गाउँपालिका, डोल्पा
४.रिङजिन नामगेल गुरुङ – वारागुङ मुक्तिक्षेत्र गााउँपालिका
५.कान्छा घले – मनाङ, डिस्याङ गाउँपालिका
६.टसी न्हर्वु – लोमान्थाङ गाउँपालिका, मुस्ताङ
एमालेले जितेका गाउँपालिका उपाध्यक्ष
१.मेङमर फुन्चो लामा (निर्विरोध)– नार्पा भूमि गाउँपालिका, मनाङ
२.छिरिङ ल्होमो गुरुङ – लोघेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
३.कर्मढुण्डुप गुरुङ (निर्विरोध) –छार्का तोङसोङ गाउँपालिका, डोल्पा
४. छ्युमी बिष्ट गुरुङ –लोमान्थाङ गाउँपालिका, मुस्ताङ
नेपाली कांग्रेसले जितेका गाउँपालिका अध्यक्ष
१.कोन्जो तेन्जिङ लामा – नार्पा भूमि गाउँपालिका, मनाङ
२.मोहनसिं लालचन – घरपझोङ, गाउँपालिका, मुस्ताङ
३.धनबहादुर गुरुङ – नासों गाँउपालिका, मनाङ
कांग्रेसले जितेका उपाध्यक्ष
१. मिङमार ढोमा लामा – चामे गाउँपालिका, मनाङ
२.जमुना थापा मगर – घरपझोङ गाउँपालिका, मुस्ताङ
३.निमा बुढा (निर्विरोध) – काइके गाँउपालिका, डोल्पा
नेकपा एकीकृत समाजवादीले जितेका अध्यक्ष
१.सेनाङ गुरुङ (निर्विरोध) – छार्का तोमसोङ गाउँपालिका, डोल्पा
२.अंगत राना (निर्विरोध) – काइके गाउँपालिका, डोल्पा
नेकपा एकीकृत समाजवादीले जितेका उपाध्यक्ष
१. पेम्मा धोर्चे गुरुङ (निर्विरोध) – डोल्पोबुद्ध गाउँपालिका, डोल्पा
नेकपा माओवादी केन्दले जितेका गाउँपालिका अध्यक्ष
१.नरसिङ रोकाय – जगदुल्ला गाउँपालिका, डोल्पा
माओवादीले जितेका गाउँपालिका उपाध्यक्ष
१.बेदबहादुर गुरुङ – नासों गाउँपालिका, मनाङ
२. अमृता लामा – जगदुल्ला गाउँपालिका, डोल्पा
महानगरपालिका,उपमहानगर पालिका र नगरपालिकामा भने मेयर र उपमेयर पदमा अहिलेसम्म कसैले जितिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्