
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना केहीबेर अघि शुरु भएको छ ।
मतगणनाको शुरुवाती परिणाममा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार शिव कट्टेल र नेकपा एमालेका उम्मेदवार हरिगोबिन्द महर्जनबीच कडा टक्कर देखिएको छ ।
अहिलेसम्म ६९ मत गन्दा सत्ता कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार कट्टेललाई २५ मत प्राप्त भएको छ भने श्रेष्ठले २१ मत ल्याउनु भएको छ । यसैगरी नेकपा एकीकृत समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिनु भएका नकुल थापाको ५ मत आएको छ । त्यसैगरी राप्रपाका उम्मेदवारले ७ मत ल्याएका छन् ।त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी लक्ष्मी महर्जनलाई २४ मत प्राप्त हुँदा एमालेकी बीणा केसी सुवेदीलाई २९ मत प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्