
विदुर । नुवाकोटको सदरमुकामसमेत रहेको विदुर नगरपालिकामा नेकपा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
१७ सय ४ मत गणना हुँदा विदुरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजन श्रेष्ठ अगाडि हुनुहुन्छ ।
उहाँले ८ सय ६७ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एमालेका सञ्जु पण्डितले ६ सय ७६ मत ल्याउनुभएको छ । पण्डित विदुरका निवर्तमान मेयर पनि हुन् ।
यस्तै, उपमेयरमा भने नेकपा एमालेकी अम्बिका नेपाल अगाडि हुनुहुन्छ । उहाँले ६ सय १८ मत ल्याउँदा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की प्रभा बोगटीले ५ सय ६६ मत ल्याउनुभयो ।
उहाँ माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको छोरी हुन् ।
अझै मतगणना जारी छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा विदुरमा नेकपा (एमाले)ले मेयर र उपमेयर दुवैमा जित हात पारेको थियो ।
प्रतिक्रिया दिनुहोस्