
चितवन । देशकै आकर्षणको केन्द्रविन्दुमा रहेको भरतपुर महानगरपालिकामा मतगणना जारी छ ।
पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले)का विजय सुवेदी र सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की उम्मदेवार रेनु दाहालले बराबर १६७–१६७ मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १ सय ८१ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले १ सय ६ मत ल्याएकी छन् । भरतपुरमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको थियो ।
यसअघिको निर्वाचनको मतगणनामा पनि विवाद भएका कारण भरतपुर महानगरको मत परिणामलाई धेरैले चासोका साथ हेरेका छन् । त्यहाँ एमाले र सत्ता गठबन्धनबीच प्रतिष्ठाको लडाईं छ ।
प्रतिक्रिया दिनुहोस्