
काठमाडौं । काठमाडौं महानगरपालिका स्वतन्त्र मेयरका उम्मेदवार बालेन्द्र शाहले ४ सय ५२ मत ल्यानुभएको छ ।
राष्ट्रिय सभागृहमा २ हजार मतगणना हुँदा बालेन्द्र शाह ‘बालेन’ले ४ सय ५२ मत ल्याउनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित ३ सय ८८ ले ल्याउँदा सिर्जना सिंहले २ सय ४० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अहिले पाँचवटा वडाको मतगणना भइरहेको छ । वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभागृहमा अहिले पनि मतदान जारी छ ।
प्रतिक्रिया दिनुहोस्