
काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्रतर्फका मेयरका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ९५ मतान्तरसहित आफूलाई शीर्ष स्थानमा कायम राख्नुभएको छ ।
राष्ट्रिय सभागृहमा भएको मतगणनामा बेलुकी ८ बजेर ४० मिनेटसम्म १७ सय ८१ मतको गणना भएको छ । सो मतपरिणाममध्ये बालेनले ५ सय ८३ मत ल्याउनुभएको छ ।
यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित ४ सय ८८ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ सय ४० मत ल्याउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्