२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ललितपुरमा चिरिबाबुको अग्रता


1.404k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम राख्नुभएको छ ।

जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार निवर्तमान मेयर चिरिबाबु महर्जनले ३ सय २६ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले हरिकृष्ण व्यञ्जनकारले १ सय ४१ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले ३५ मत ल्याउनुभएको छ ।

मतगणना सुस्त भएसँगै त्यहाँ भोलिदेखि दुई ठाउँमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।