
काठमाडौं । गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित थापाले नेकपा एमालेका उम्मेदवार कृष्ण भुसाललाई ५ सय ६४ मत अन्तरले पराजित गर्नुभएको छ । थापाले ६ हजार १ सय ६६ र भुसालले ५ हजार ६ सय २ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ।
त्यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी तारा थापाले एमाले उम्मेदवार सुशिला पुनलाई ५ सय ९९ मत अन्तरले पराजित गर्नुभएको हो । ताराले ६ हजार १ सय ८८ मत प्राप्त गर्दा सुशिलाले ५ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको हो ।
गुल्मी दरबार गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडानम्बर १ मा राजेन्द्र कंडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट वडानम्बर २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधी पौडेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्