
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाह १ हजार ५ सय ७५ मतका साथ अग्र स्थानमा हुनुहुन्छ ।
४ हजार ४ सय ४४ मत गणना हुँदा उहाँले १ हजार ५ सय ७५, नेकपा एमालेका केशव स्थपितले ९ सय ८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८ सय २५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १ सय ९१ मत प्राप्त गर्नुभएको छ । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्