२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका सुवेदी विजयी


442
Shares

काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छवि विजयी हुनुभएको छ ।

माओवादीका छवि सुवेदी ३ हजार २ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २ हजार ५ सय ४४ मत प्राप्त गर्नुभएको छ।

ल्याएका छन् भने तेस्रो भएका नेकपा एमालेका शसिराम विश्वकर्माले १ हजार ९ सय २० मत प्राप्त गर्नुभएको हो । दैलेख माओवादीको कर्णाली प्रदेशकै कमजोर जिल्लाका रुपमा चिनिन्छ । स्थानीय तहको अघिल्लो निर्वाचनमा माओवादी दैलेखमा शून्य थियो । साथै सोही गाउँपालिकाको उपाध्यक्ष पदमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी हुनुभएको छ।

उहाँले २ हजार ८ सय ४३ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी अमृता सिंहले २ हजार ४ सय ५ मत प्राप्त गर्नुभएको छ। एमालेकी गीत चन्दले भने १ हजार ९ सय १८ मत प्राप्त गर्नुभएको हो ।

नौमुले गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएको थियो ।