१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाजुरामा बुढीगंगा नगरपालिकामा मतदान स्थगित


208
Shares

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मतदान स्थगित भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिकामा १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित भएको निर्वाचन आयोगको स्थानीय तह निर्वाचन इ बुलेटिनमा सार्वजनिक गरिएको छ ।

त्यस्तै, बुढिनन्दा नगरपालिका–८ मा रहेको पिस क्रियटर एकेडेमीको मतदान पनि स्थगित भएको जनाइएको छ ।

बाजुरामा स्थगित भएको मतदान पुनः कहिले हुने भन्ने बारे आयोगले जनाएको छैन । बुढीगंगाका २, ३, ५ र ९ मा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ भने ४ र ७ नम्बरमा कांग्रेसले बुथ कब्जा गरेको एमालेको दावी छ ।