१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एफ.ए कप फुटबलको उपाधि लिभरपुललाई


221
Shares

काठमाडौं । चेल्सीलाई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले यस वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ ।

लण्डनको वेम्बले रंगशालामा शनिबार राति भएको फाइनल खेलको निर्धारित समय तथा अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइ ब्रकेरमा पुगेको थियो । टाई ब्रेकरमा लिभरपुलले चेल्सीलाई ६–५ ले हराउँदै उपाधि जितेको हो ।

चेल्सीका मेसन माउन्टको प्रहार लिभरपुलका गोलरक्षक एलिसनले रोकेपछि लिभरपुलले खेल जित्ने अवसर पायो । यही अवसरमा लिभरपुलका कोस्टास सिमिकासले गोल गर्दै टोलीलाई वर्षको दोस्रो उपाधि दिलाए ।

लिभरपुलले गत फेब्रुअरीमा सोही रंगशालमा चेल्सीलाई पेनाल्टी सुट आउटमै पराजित गर्दै लिग कप फुटबलको उपाधि जितेको थियो ।

प्रिमियर लिगमा दुई खेल मात्रै बाँकी छँदा म्यानचेस्टर सिटीसँग उपाधि होडमा रहेको लिभरपुल च्याम्पियन्स लिग फुटबलको पनि फाइनलमा प्रवेश गरेको छ ।

यर्गेन क्लपको प्रशिक्षणमा लिभरपुल यो वर्ष सबै चार उपाधि जितेर इतिहास रच्ने लक्ष्यमा रहेको छ ।