
काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा एक युवकले अन्धाधुन्द गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् ।
व्यस्त सुपरमार्केटमा प्रवेश गरेका १८ वर्षीय युवकले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको हो । यस्तै, घटनामा ३ जना घाइते भएका छन् ।
घटना लगत्तै ती युवकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा ती युवक भारी हतियारले सु–सुजित भएको खुलेसा भएको छ ।
सुपरमार्केट प्रवेशका समयमा उनले कवज र हेलमेट लगाएका थिए । उनी न्युयोर्कको स्थायी वासिन्दा नभई ६ घण्टाको यात्रा गरी न्युयोर्कको सुपरमार्केटमा प्रवेश गरेको खुलासा भएको छ ।
घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समबेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्