
काठमाडौं । पोखरा महानगरमा मेयरमा समाजवादी र उपमेयरमा एमालेकाे अग्रता कायमै रहेकाे छ ।
पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यकाे अग्रता कायमै रहेकाे हाे।१ हजार ६ सय मत गणना हुँदा उहाँ नेकपा एमालेका उम्मेदवार कृष्ण थापा भन्दा ३० मत अन्तरले अगाडि हुनुभएको छ । उहाँले ६ सय १३ मत प्राप्त गर्दा थापाले ५ सय ८३ मत प्राप्त गर्नुभएको छ । राप्रपाका शंकर खरालले ९८ र गणेश पौडेलले ३६ मत प्राप्त गरेका छन् ।
पोखरामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । साथै पोखरा महानगरपालिकाको उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ८ सय ८३ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसकी कोपिला रानाभाटले ७ सय १६ र राप्रपाकी रञ्जिता सेनले ८२ मत प्राप्त गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्