३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


हुम्लाको खार्पुनाथमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी


208
Shares

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्ण बहादुर रावल विजयी हुनुभएको छ ।

कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका रावलले १ हजार ८ सय १० मत प्राप्त गरेर ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाशबहादुर शाहीले १ हजार १ सय ९५ मत प्राप्त गर्नुभएको छ । २०७४ सालको निर्वाचनमा पनि अध्यक्ष रावल विजयी हुनुभएको थियो ।

त्यसतै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह (भरत) विजयी हुनुभएको छ । उहाँले १ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको हो । त्यस्तै उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८ सय ५० मत प्राप्त गर्नुभएको छ ।

साथै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही (४६९), वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल (२६०), वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा (२७१), वडा नम्बर ४ मा कांग्रेसका रंगमति शाही (निर्विरोध) र वडा नम्बर ५ मा कांग्रेसका भरतजंग शाही (४९२) मत ल्याएर निर्वाचित भएका छन् ।