६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विराटनगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता


689
Shares

काठमाडौं। विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता रहेकाे छ ।

विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राख्नुभएको हाे ।उहाँले २ हजार ५ सय ८३ र नेकपा एमालेका उम्मेदवार सागर थापाले १ हजार ६ सय १५ मत प्राप्त गर्नुभएको छ । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले भने ७ सय १५ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा नेकपा एमाले उम्मेदवार शिल्पा कार्कीले १ हजार ८ सय ९६ मत प्राप्त गर्नुभएको छ । साथै जसपाका उम्मेदवार अमरेन्द्र यादवले १ हजार ३ सय २३ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४ सय ९ मत प्राप्त गर्नुभएको छ ।