१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धुलिखेल नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा एमालेको अग्रता


3.731k
Shares

काठमाडौं। काभ्रेको धुलिखेल नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा एमालेले अग्रता लिएको छ ।

नेकपा एमालेका मेयर अशोक ब्याञ्जुले अग्रता लिनुभएको हो । उहाँले १ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेत भन्दा ३ सय १० मत अन्तरले अगाडि हुनुभएको छ । स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले १ हजार ४ सय ७ मत प्राप्त गर्नुभएको हो ।

धुलिखेलको उपमेयरमा पनि एमालेकी लालतारा अधिकारी अग्रता लिनुभएको छ । उहाले १ हजार ४ सय ७२ मत प्राप्त गर्नुभएको हो ।

उहाँलाई नेपाली कांग्रेसका निराजन जंगमले १ हजार २ सय ६२ मतसहित पछ्यारई रहनुभएको छ ।