२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


थलारा गाउँपालिमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी


481
Shares

काठमाडौं । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी हुनुभएकाे छ ।

उहाँ २ हजार ७ सय ७४ मतका साथ गाउँपालिकाकाे अध्यक्षमा विजयी हुनुभएको हाे । साथै उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती ३१ सय ५० मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

रोकायाका निटकतम प्रतिस्पर्धीमा स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२ सय ३ मत प्राप्त गर्नुभएको थियो ।