
सिन्धुली । स्थानीय तहको गत शुक्रबार सम्पन्न निर्वाचनको मतगणना जारी छ ।
यसै अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकाको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता दिएका छन् । दुधौली नगरपालिकाको हाल सम्म ३ हजार ९ सय मत गणना भएको छ । जसमा गठबन्धन तर्फबाट मेयर पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका दिनेश अधिकारीलाई १ हजार ५९५ मत प्राप्त भएको छ । त्यसैगरी नेकपा एमालेका मेयर पदका उम्मेदवार लक्ष्मण कार्कीको १ हजार १६७ मत आएको छ ।
त्यसैगरी उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्र किशोर थारुले १ हजार ४३४ मत ल्याउँदा एमालेकी बालकुमारी अधिकारीलाई १ हजार ६९ मत प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्