२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नुवाकोटको बिदुर नगरपालिका-१ मा एमालेको प्यानलै विजयी


403
Shares

काठमाडौं । नुवाकोटको बिदुर नगरपालिका-१ मा एमालेको प्यानलै विजयी भएकाे छ ।

नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लेनिन रन्जित विजयी हुनुभएको हाे । गठबन्धनका उम्मेदवार शंकर पाण्डेलाई पराजित गर्दै रन्जित विजयी हुनुभएको छ।

रन्जितले ६ सय ९४ मत प्राप्त गरेर विजयी हुँदा पाण्डेले ४ सय ८५ मत प्राप्त गरेर पराजित हुनुभएको हो । साथै वडा नम्बर १ को मतगणना सकिंदा कांग्रेसका मेयर उम्मेदवार राजन श्रेष्ठले अग्रता कायम गर्नुभएको छ ।

कांग्रेसका मेयर उम्मेदवार राजन श्रेष्ठ नेकपा एमालेका उम्मेदवार सन्जु पण्डित भन्दा १ सय १४ मतले अगाडि हुनुभएको छ।