
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको ४२ वटा मतपत्र भेटिएपछि मतगणना स्थलमा तनाव उत्पन्न भएको छ ।
मतगणना भइरहेको बेला वडा नम्बर १० को मतपेटिकामा ४२ वटा मतपत्रमा हस्ताक्षर नभएको भेटिएको हो । बिना हस्ताक्षरको मतपत्र भेटिएपछि मतगणना स्थलमा नाराबाजी भइरहेको छ ।
वडा नम्बर १० मा ८२६ मत खसेको थियो । त्यसमा ४२ मत विना हस्ताक्षरको भेटिएको स्रोतले इमेजखबरलाई जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्