
फाइल तस्विर
कञ्चनपुर । जिल्लाको भिमदत्त नगरपालिकामा मतगणना स्थगित भएको छ ।
नगरपालिकाको वडा नम्बर २ को मतगणना गर्ने क्रममा १ सय मतपत्र भएको मतपेटिकामा १ सय २० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो ।
मतपत्र भेट्नेबित्तिकै दलका प्रतिनिधिहरूबीच विवाद चर्किएको हो । २० मतपत्र बढी कसरी भेटियो भन्नेबारे मतदान अधिकृत र प्रतिधिनि अलमल परेका छन् ।
मतपत्र भेटिएर विवाद भएपछि झडपको स्थिति सिर्जना भएको छ । यद्यपि सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्