
भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर २ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार हरि प्रसाद बासुकला वडा अध्यक्षमा विजयी हुनु भएको छ ।
नेमकिपाका बासुकलाले २ हजार ६२५ मत प्राप्त गरेर प्यानल सहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार संच ज्ञान याकामीले ८९१ मत प्राप्त गर्नुभएको छ ।
खुला वडा सदस्यमा नेमकिपाका सुर्य प्रसाद श्रेष्ठले २ हजार २१९, गंगा लक्ष्मी बमनुले २ हजार १५३ मत ल्याएर विजयी हुनु भएको छ । यस्तै, महिला सदस्यमा नेमकिपाकी कल्पना शिल्पकारले २ हजार २४२ मत ल्याएर विजयी हुनु भएको छ ।
बासुकला यसअघि पनि वडा अध्यक्षमा निर्वार्चित हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्