
ताप्लेजुङ । जिल्लाका विभिन्न गाउँपालिकाका १९ वटा वडाको अन्तिम मतपरिणमा सार्वजनिक भएको छ ।
जिल्लामा सात वटा स्थानीय तहका ६१ वडामध्ये १९ वटा वडाको अन्तिम मत परिणाम आएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जसमध्ये सबैभन्दा बढी १० वटा वडामा नेकपा (एमाले)ले जितेको छ भने ६ वटामा नेकपा (माओवादी केन्द्र) र ३ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर १ र २ मा माओवादी केन्द्रका क्रमशः यज्ञ लिम्बु र भूपेन्द्र चौलागाईं विजयी भएका छन् ।
फुङ्लिङ नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका रुद्र मादेन विजयी हुँदा १० र ११ मा माओवादी केन्द्रका सुरेश नुगो लिम्बु र योगेश भट्टराई निर्वाचित भएका छन् ।
पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नम्बर १ मा एमालेका दिलकुमार सुनुवार विजयी हुनुभयो ।
सिदिङ्वा गाउँपालिकाको वडा नम्बर १ मा एमालेका गोपाल बानियाँ विजयी हुँदा ७ नम्बर वडामा कांग्रेसकी लक्ष्मण तामाङ निर्वाचित हुनुभयो ।
यस्तै, मेरिङदेन गाउँपालिकाको वडा नम्बर १, ५ र ६ मा नेकपा एमालेका क्रमशः सविनकुमार, जसमान केदेम र मनोनकुमार तुम्बाहाङ्फे विजयी भए ।
त्यसैगरी, आठराइ त्रिवेणी गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका ललित राई विजयी हुँदा वडा नम्बर ४ एमालेका अर्जुन आङबुहाङले हात पारे ।
सिरिजङ्गा गाउँपालिकाको वडा नम्बर १ मा एमालेका सिंहबहादुर इवारम र वडा नम्बर ८ मा कांग्रेसका कृष्णकुमार गुरुङ विजयी भए ।
मैवाखोला गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका केशरकुमार लिम्बू र वडा नम्बर ६ मा एमालेका राजुमान थोप्रा निर्वाचित भए ।
अन्त्यमा, मिक्वाखोला गाउँपालिकाका वडा नम्बर १ र २ मा एमालेका फेम्सोहाङ लिम्बु र झरेन्द्रप्रसाद थापा विजयी भए ।
प्रतिक्रिया दिनुहोस्