
स्याङ्जा । जिल्लाको गल्याङ नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
वडामा कांग्रेसका दिप गुरुङ (छिरिङ)ले ७ सय ५० मत ल्याई विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का तुल्सी भुसालले ६ सय १७ मत ल्याउनुभएको थियो । २६ वर्षका उहाँ जिल्लाकै कान्छो उम्मेदवारसमेत हुनुहुन्छ ।
विजयी भएसँगै गुरुङले भौगोलिक रूपमा पछि परेको वडा नम्बर ६ मा शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीको सुविधा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अंग्रेजी माध्यमको पढाइ नपाएर अधिकांश स्थानीय गाउँ छोडिरहेको सन्दर्भमा गाउँमै अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने उहाँको योजना छ ।
प्रतिक्रिया दिनुहोस्