
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको स्थानीय तह निर्वाचनको मतगणना जारी छ ।
जारी मतगणनमा मेयर पदमा कहिले माओवादी र कांग्रेस गठबन्धनका उम्मेदवार त कहिले एमालेका उम्मेदवारले अग्रता लिने गरेका छन् ।हिजो (शनिबार) देखि मतगणना शूरु भएपनि अहिलेसम्म एउटा वडाको पनि गणना सकिएको छैन । वडा नम्बर –१ बाट शुरु गरिएको मतगणनाको पछिल्लो परिणाम अनुसार वडा नम्बर – १ को १ हजार ६९८ मत गन्दा गठबन्धनका मेयर पदका उम्मेदवार शिब कट्टेलाई ५५३ मत प्राप्त भएको छ भने नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठलाई ५२३ मत आएको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार नकुल थापालाई ११७ मत प्राप्त भएको छ । त्यस्तै राप्रपाका उम्मेदवारले १६८ मत ल्याएका छन् ।
उपमेयरमा भने नेकपा एमालेकी बिणा केसी सुवेदीले सुरुदेखि नै अग्रता लिएकी छिन् । बिणाको ६९६ मत आउँदा नेपाली कांग्रेसकी लक्ष्मी महर्जनको ४ सय ६४ मत आएको छ ।
वडा नम्बर–१ को वडा अध्यक्षमा एमालेका छिरिङ लामाको प्यानल धेरै अघि छ । यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा सो नगरपालिकामा २ वटा वडा बाहेक मेयर र उपमेयर सहित सबै वडामा एमाले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्