
काठमाडौ । डोटीको जोरायल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएकाे छ ।
एमालेका दुर्गा दत्त ओझा ३ हजार ४ सय ४९ मतसहित अध्यक्ष पदमा विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दिपककुमार विष्ट ३ हजार ४ सय १२ ल्याएर पराजित हुनुभएकाे छ ।
एकीकृत समाजबादीका किरण मल्लले १ हजार ६ सय ५९ मत प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ । एमालेकी जमुना कुमारी बोहरा (रोकाया) ३ हजार ५ सय ९९ मत प्राप्त गरेर विजयी हुनभएको हाे।
कांग्रेसकी चन्द्रा कुमारी साउदले ३ हजार ५ सय १७ र माओवादीकी प्रेमा कुमारी ओलीले १ हजार ३ सय १७ मत प्राप्त गरेर पराजित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्