
दैलेख । डुङ्गेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ ।
गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार सुन्दर कुमार के.सी. र उपाध्यक्षमा एमालेकै उम्मेदवार कलावती न्यौपाने विजयी हुनु भएको छ ।
अध्यक्षमा के.सीले ३ हजार ४०६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नगेन्द्र बहादुर मल्लले ३ हजार ३३६ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, उपाध्यक्षमा न्यौपानेले ३ हजार ५७७ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका एलिजा कुमारी थापाले ३ हजार १५२ मत प्राप्त गर्नुभयो ।
६ वष वडा रहेको गाउँपालिकामा एमालेले ४ वटा वडा, कांग्रेस र नेकपा माओवादी केन्द्रले एक/एक वटा वडा अध्यक्ष जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्