१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सोमालियाको राष्ट्रपतिमा मोहमद दोस्रो कार्यकालनका लागि निर्वाचित


52
Shares

काठमाडौं । अफ्रिकी मुलुक सोमालियाका लागि राष्ट्रपति पदमा हसन शेख मोहमद निर्वाचित हुनुभएको छ ।

कुशल ब्यक्तित्व र प्रभावशाली नेताको रुपमा परिचित शेख मोहमद सन् २०१७ देखि सत्तामा रहनु भएका राष्ट्रपति मोहमद अबदल्लाही फर्माजोलाई हराई राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । सोमालियाका सांसदहरुबाट राष्ट्रपति चयन गर्ने प्रावधान अनुरुप भएको निर्वाचनमा उहाँले बहुमत हासिल गर्नुभएको हो ।

कुल ३ सय २५ सांसद संख्या रहेको सोमालियामा एकजना सांसदको मत बदर भएकोमा शेख मोहमदको पक्षमा २ सय १४ र फरमाजोको पक्षमा १ सय १० मत परेको थियो । राष्ट्रपतिमा निर्वाचिन मोहमदमाथि धेरै चुनौती रहेका छन् । सोमालियाको विद्रोही समूह अल सबावको पकड बलियो रहेको र आतंकाबादलाई परास्त गर्न निकै मुश्किल पर्ने विश्लेषण गरिएको छ ।उहाँले शपथ ग्रहण गरी पद सम्हालिसक्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति मोहमदलाई सोमालिया जनताले भब्य स्वागत गरेको छ ।

राजधानी मोगादिसु लगायत अन्य शहरहरुमा आतिसबाजीगरि उनीहरुले खुशियाली मनाएका छन् ।