
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राख्नुभएको छ ।
उहाँले ६ हजार भन्दा बढी मत प्राप्त गर्दा मत अन्तर पनि बढाउनुभएको हो । बालेन्द्रले ६ हजार २ सय ७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेका केशव स्थापितले ३ हजार २ सय ४३ मत प्राप्त गर्नुभएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर २ को मतगणना सकिंदै छ। १ सय मत गन्न बाँकी रहँदा नेकपा एमालेका वडा अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार श्रेष्ठको जित सुनिश्चित भएको छ। श्रेष्ठले १ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको हो। नेपाली कांग्रेसका सुर्यलाल महर्जनले ९ सय मत प्राप्त गर्नुभएको छ।
यो वडामा सदस्यका सबै उम्मेदवारहरु पनि एमाले नै अगाडि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्