
काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देवकृष्ण पुडासैनी शर्मा निर्वाचित हुनुभएको छ ।
पुडासैनीले नेपाली कांग्रेसका विश्व लामालाई पराजित गर्दै विजयी हुनुभएको हो । इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा विजयी हुँदा उपाध्यक्षमा एमलेकै उमाकुमारी लामा विजयी हुनुभएको हो ।
अध्यक्षमा विजयी पुडासैनीले ३ हजार ७२२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्व लामाले ३ हजार ४७२ मत प्राप्त गर्नुभएको हो । त्यस्तै, उपाध्यक्षमा एमालेकी लामाले ३ हजार ७२५ मत प्राप्त गर्दा उपाध्यक्षमा नेपाली कांग्रेसकी निर्मला रुम्बा ३ हजार ६५६ मत प्राप्त गर्नुभएको हो ।
इन्द्रसरोबर गाउँपालिकाको ५ वटा वडामध्ये नेपाली कांग्रेसले ३ र नेकपा एमालेले दुईवटा वडामा विजयी हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्