
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले अग्रता बढाउनुभएको छ ।
११ हजार सय ७ मतगणना हुँदा एमालेका विजयले ३८ सय ३८ मत प्राप्त गर्दै अग्रता लिनुभएको हो । उहाँलाई पछ्याइ रहनुभएकी माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहालले ३८ सय ५ मत प्राप्त गर्नुभएको छ।
विजय र रेणुबीचको मतान्तर ३३ रहेको छ। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५ सय ११ मत प्राप्त गर्नुभएको छ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४३ सय ५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २९ सय ९८ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्