
काठमाडौं । काठमाडौंको वडा नम्बर ३२ को मतगणना स्थगित भएकाे छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा धाँधली भएको आरोप प्रत्यारोपबीच मतगणना स्थगित भएको हाे। आज (सोमबार) बिहान मतगणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको छ ।
उनीहरुबीच केही समयसम्म चर्काचर्की समेत भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हाे ।
प्रतिक्रिया दिनुहोस्